राजनीति

कायस्थको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनआन्दोलन २०६२।०६३ का घाइते मुकेश कायस्थको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत एक शोक सन्देश जारी गर्दै जनआन्दोलन २०६३ का घाइते मुकेश कायस्थको निधनको खबरले दुःखित रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभएको छ- “जनआन्दोलन २०६३ का घाइते मुकेश कायस्थको निधनको खबरले दुःखित छु। हार्दिक श्रद्धाञ्जली मुकेश कायस्थ ! उहाँको परिवार र आफन्तजनलाई गहिरो समवेदना प्रकट गर्दछु। उहाँलाई बनेपास्थित घरमै गएर भेटेको क्षण स्मरण भइरहेको छ। हामी सधैं सम्झिरहने छौं ।”

१५ वर्षको उमेरमा लोकतन्त्र प्राप्तिका लागि सडकमा उत्रनुभएका कायस्थ बनेपामा सुरक्षाकर्मीको गोली लागी घाइते हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.