क्रिकेटखेल

गिल र सुदर्शनको शतकमा गुजरातद्वारा चेन्नई ३५ रनले पराजित 

इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले पाँचौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नइ सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरातले प्रतियोगितामा पाँचौं जित निकालेको हो ।

आइपिएल

जितसँगै गुजरातको प्लेअफ सम्भावना कायमै रहेको छ । भारतको नरेन्द्र मोदी स्टेडियम अहमेदावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेटको गुमाएर २ सय ३१ रन बनाएको थियो ।

गुजरातको लागि ओपनरद्वय शुभामन गिल र साई सुदर्शनले शतकीय पारी खेले । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन जोडे । यी दुईले पहिलो विकेटको लागि २ सय १० रनको साझेदारी गरेका थिए । त्यस्तै डेविड मिलरले १६ रन जोड्दा शाहरुख खानले २ रन बनाए । चेन्नईका लागि तुशार देशपाण्डेले २ विकेट लिए ।

गुजरातले दिएको २ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्रै बनायो । चेन्नईका लागि ड्यारील मिचेलले ६३ र मोइन अलिले ५६,रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै महेन्द्र सिंह धोनीले २६ रनमा अविजित रहँदा शिवम दुबेले २१ र र रविन्द्र जडेजाले १८ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक/एक विकेट लिए । जितसँगै गुजरात १२ खेलमा १० अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने समान खेलमा १२ अंक जोडेको चेन्नई चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.