कर्णालीप्रदेश

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेल

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभयो ।

कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उहाँको भनाइ छ ।

त्यस्तै, सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताउनुभयो । कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको उहाँले दाबी गर्नुभयो । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.