राजनीति

पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईँलाई गुमायो : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताउनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार उहाँको निधन भएको थियो । उहाँले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो ।

“एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उहाँले भन्नुभयो । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत रहनुुभएको थियो ।

स्व. चौलागाईको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि उहाँको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.