राजनीति

“खनाल-नेपाललाई गाली गरेर विभाजनको पाप पखाल्न खोजिंदैछ”

नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएजस्तै अब एमाले विभाजन गर्न झलनाथ खनाल र माधव नेपाललाई गाली गर्न सुरु गरेको बताउनुभएको छ ।

भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै भन्दै आरोप लगाउनुभएको छ ।

उहाँले विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन कस्सिएको आरोप पनि लगाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन,’ उनले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button