जन सरोकार

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर)को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गर्नुभएको हो ।

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

नगरप्रमुख खत्रीले भन्नुभयो, “यहाँ आउनु अगाडि रु आठ–दश लाख सहयोगको घोषणा गरौँला भनेर आएको थिएँ, तर यहाँको अवस्था देख्दा यसको स्थायित्व नै गरेर जानुपर्ने देखेँ, त्यसैले यसका लागि स्थायी भवन निर्माण गर्न आवश्यक जग्गा र भवन निर्माणको काम आउँदो वर्षबाटै सुरु हुने गरी आउँदो बजेटमा व्यवस्था गर्ने गरी अगाडि बढ्नेछौँ, अब यसको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिन्छ ।”

उहाँले आश्रममा रहेका ५० अनाथ असहायलाई भोजनको व्यवस्था गर्दै थप नौ हजार आर्थिक सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले अनाथ, असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गर्ने र आश्रय दिने काम सहज नभएको भन्दै यस्तो पुण्य कामलाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईँले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना खुवाएर सुरु गरिएको यो अभियान आजका दिनसम्म आइपुग्दा भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छवटा शाखामा तीन सय ५० जनालाई उद्धार गरी व्यवस्थितरूपमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.