राजनीति

कांग्रेस पदाधिकारी बैठक : दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो ।

“बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो, तर कुनै निर्णय भएको छैन” बैठकको बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भन्नुभयो, “छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन ।”

पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनअनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको र राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.