भुटानी शरणार्थीका नाममा नेपाली अमेरिकातिर, शरणार्थी भने नेपाली नागरिकता पाउने आशमा
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको र यसमा करोडौं रुपैयाँको खेल भएको सार्वजनिक भैसकेको छ ।
नेपाली युवाहरुसंग माटो रकम असुलेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेल चलिरहे पनि शिविरमा रहेका पाका शरणार्थीहरु भने नेपाली नागरिकता पाउने विश्वसमा बसिरहेका छन् ।
शरणार्थी प्रकरणमा उच्च तहका नेताहरु पक्राउ पर्न सुरु भैरहेका बेला मोरङको पथरी शनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरममा रहेका वयोजउद्ध सक्कली शरणार्थी भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् ।
आफन्त र नातागोता धेरैजसो पुनर्बासमा तेस्रो मुलुक गइसकेका भए पनि नेपाली नागरिकता पाउने आसमा तेस्रो देश नजानुभएका ८८ वर्षीय बिर्खबहादुर तामाङले भुटानी शरणार्थी भए पनि आफू नेपाली जै रहेको र अब नेपाल सरकारले टाउको लुकाउने माटो र नागरिकको दर्जा दिनुर्पे माग गर्नुभयो ।
तामाङका जेठो छोरो भुटानमै सैनिक जागिरमा छन् । माइलो र कान्छो छोरा अमेरिका गइसके । शिविरमा अरू नातेदार कोही छैनन् ।
भुटानको चिराङ, लामीडाँडाबाट खेदिएर ५७ वर्षको उमेरमा नेपाल आउनुभएका तामाङ अहिले एक्लो हुनुहुन्छ । हजु्रबाबु ताप्लेजुङको दोखु घ्याङ्बारीबाट काम खोज्ने व्रmममा भुटान पुगेको तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरा सबै दाजुभाइ नेपाली हुन्, म पनि नेपाली हुँ कि मलाई भुटान फर्काइदिनुप¥यो कि नेपाली नागरिकता दिएर नेपालमै झुपडी हालेर बस्न दिनुप(यो ।”
बिर्खबहादुर मात्र होइन, उहाँ जस्ता पाका उमेरका थुप्रै शरणार्थी तेस्रो देश नजाने भनेर शिविरमै बसिरहेका छन् । पुनर्बास गएका आफन्तहरूले पठाएको सामान्य खर्चका भरमा उहाँहरूको दैनिकी चलेको छ ।
७७ वर्षीय भगीनन्द गुरुङले आफ्ना बाबु नै धनकुटाको पाख्रिबासबाट कामको खोजीमा भुटान पुगेको बताउनुभयो । आफ्ना नातेदार अझै पनि धनकुटामा रहेको बताउँदै उहाँले भन्नुभयो, “म नेपाली नै हुँ, मेरो देशमा खान नपुगेपछि कामको खोजीमा देश छोडेर निस्किँदा शरणार्थी बन्नुप¥यो ।”
आफ्ना तीन छोरा अमेरिका गए पनि आफूलाई स्वदेश छोडेर हिँड्न मन नलागेको उहाँले बताउनुभयो । भुटानमै स्वास्थ्यकर्मी भएर २५ वर्ष काम गर्नुभएका गुरुङ अहिले पनि मेडिकल पसल चलाएर बसिरहनुभएको छ ।
कान्छी श्रीमती र छोरासँग बस्दै आउनुभएका गुरुङले नेपाल सरकारसँग चिहान राख्ने माटो मात्र मागेको बताउनुभयो । भुटानको चिराङ बुडिचुबाट खेदिएर नेपाल आइपुग्नुभएका गुरुङ अहिले सी १ को १४ नं।छाप्रोमा बस्नु हुन्छ ।
राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले २०४५ सालमा बनाइदिएको छाप्रामा दुःखले दिन कटाइरहनुभएका गुरुङ नेपाली नागरिकता पाउनेमा ढुक्क हुनुहुन्छ । शिविरका क्याम्प सचिव चम्पासिंह राईका अनुसार शिविरमा हाल एक हजार ४४१ जना छन् । जसमध्ये २०४ जना शरणार्थी दर्ता हुन बाँकी छन् ।
राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर)बाट सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणीकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्बरसम्म तेस्रो देशमा पुनर्बासको व्यवस्था मिलाइदिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्