तीन वर्षअघि नै किन अनुसन्धान भएन शरणार्थी प्रकरणमा ?
गृह मन्त्रालयको अनुसन्धान टोलीले तयार गरेर बुझाएको प्रतिवेदन नै कीर्ते गरेर नकली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको प्रकरणले नेपालको अन्तर्राष्ट्रिय बेइज्जती भैरहेको छ ।
विश्वका विभिन्न संचार माध्यमहरुले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा पूर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सल्लाहकार लगायत भिआईपीहरु संलग्नतामा पक्राउ परेपछि यो विषयले नेपालको राजनीतिमा नयाँ तरंग पनि ल्याएको छ ।
त्यसो त अहिले यो विषय जसरी उठ्यो यसको भित्री कारण अरु नै हुनसक्छ र यसै प्रकरणमा मुछिएकी कांग्रेस सांसद डा. आरजु राणा देउवाले त अमेरिकाले पनि अनुसन्धान गरिरहेकोा बताउनुभयो । त्यस्तै माओवादी सांसद माधव सापकोटाले पनि सोही भनाई राख्नुभयो ।
यो भनाईलाई सत्य मान्ने हो भने अहिलेको छानबिन र अनुसन्धानन प्रक्रिया अघि बढ्नुको रहस्य स्पष्ट हुन्छ । किनभने तीन वर्षअघि नै नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान पैसा तिर्नेहरुले अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी दिएका थिए ।
सरकारी कार्यदलको किर्ते प्रतिवेदन तयार पारेर मच्चाइएको ठगी धन्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार नदेखिएको’ भन्दै कम्तिमा पनि दुई पटक उजुरी तामेलीमा राखेको भेटिएको छ ।
झापा र मोरङमा बाँकी रहेका शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे अध्ययन गर्न गृह मन्त्रालयले बनाएको पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची तयार पारेर रकम उठाउने गिरोहले करोडौं रकम असुलेको भन्दै परेको उजुरी आयोगले अनुसन्धानबिनै तामेलीमा राखेको पाइएको हो ।
अख्तियारमा त्यसबेला उजुरी दिने ‘पीडित’हरूले दिएको जाहेरीका आधारमा प्रहरीले अहिले यही घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
प्रहरीले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेको डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
पाण्डेले दिएको बयान, गिरोहलाई सहयोग पुग्ने गरी नीतिगत निर्णयहरू गराएको र मन्त्रालयमा पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन गायब बनाएको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा संलग्न पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । प्रहरी अनुसन्धानले मुद्दाको आकार लिइसक्दा केही सातायता परेको नयाँ उजुरीमाथि समेत अख्तियारले अनुसन्धान अघि बढाउन सकेको छैन ।
गिरोहलाई रकम बुझाएका पीडितहरूले आफूहरूको काम नभएको र पैसा पनि फिर्ता नभएको भन्दै अख्तियारमा ३ मंसिर २०७८ मै उजुरी दर्ता गराएको भेटिएको छ । सुरुमा क्षेत्राधिकार आकर्षित नहुने भन्दै फाइल थन्क्याएको अख्तियारले दोस्रो पटक आफ्नै प्रमुखलाई सम्बोधन गरेको उजुरी नै तामेलीमा राखेको भेटिएको हो ।
प्रहरीले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेको डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
पाण्डेले दिएको बयान, गिरोहलाई सहयोग पुग्ने गरी नीतिगत निर्णयहरू गराएको र मन्त्रालयमा पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन गायब बनाएको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पनि बुधबार पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा संलग्न पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । प्रहरी अनुसन्धानले मुद्दाको आकार लिइसक्दा केही सातायता परेको नयाँ उजुरीमाथि समेत अख्तियारले अनुसन्धान अघि बढाउन सकेको छैन ।
उच्चस्तरीय राजनीतिक संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाई करोडौं रकम असुलियो र काम भएन भनी अख्तियारमा उजुरी परेको र आयोगले उजुरीलाई अत्यन्त हलुका रूपमा लिएर प्रारम्भिक अनुसन्धान पनि नगरी फाइल तामेलीमा राखेको थियो ।
त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेमध्येका एकजना रामशरण केसी अहिले आफैं प्रहरी हिरासतमा पुगेका छन् । उनले भुटानी शरणार्थी बनेर अमेरिका जान पाउने आशामा ठगको गिरोहलाई १० लाख रुपैयाँ बुझाएका थिए ।
उनीसँगै प्रहरीले मोरङका गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । गत शुक्रबार जिल्ला अदालतमा पूर्व गृमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालतमा पेश गरिंदा केसी र चौधरीको प्रसंग उठेको थियो ।
रामशरण केसी आफैं अमेरिका जान खोज्ने व्यक्ति हुन् । केसीले ३ मंसिर २०७८ मा गृह मन्त्रालयका उच्च अधिकारीहरूबाट आफू ठगिएको भन्दै निवेदन दिएका थिए ।
तर, उनले अन्य धेरै व्यक्तिसँग रकम उठाएर ठगी गर्ने गिरोहसम्म पुर्याएर बिचौलियाको काम गरेको भेटिएको छ । उनीहरूले कति कति उठाएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्