राजनीति
प्रधानमन्त्रीलाई भेटेर रविको प्रतिबद्धता, भ्रष्टाचार बिरुद्धको अभियानमा पूर्ण साथ रहन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गर्नुभएको छ । भेटमा सभापति लामिछानेले सरकारले चालेको भ्रष्टाचार बिरुद्धको अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभएको छ ।
भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताउनुभएको थियो ।
यस्तै, उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पुर्याउन आफ्नोतर्फबाट साथ रहने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्