सूचना/प्रविधि

आविष्कार केन्द्रले बनाएको अन्न भुट्ने मेसिन भारत निर्यात

मुलुकको आर्थिक विकासका लागि प्रविधि आविस्कार गर्नुपर्छ भन्दै सोही अभियानमा रहेको आविष्कार केन्द्रमा बनेको अन्न भुट्ने मेसिन भारत निर्यात भएको छ ।

केन्द्रका अध्यक्ष डा. महावीर पुनले सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार मेसिनको रंगरोगन समेत नगरिएको अवस्थामा दार्जिलिंङ निवासी राजेश कुमार राईले सो मेसिन खरीद गर्नुभएको हो ।

आविस्कार केन्द्रको फेसबुकमा अन्न भुट्ने मेसिन देखेपछि सोही किन्न दार्जिलिंङदेखि आएका राईले जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा ६७ हजार ८ सय रुपैयाँमा सो मेसिन खरीद गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.