सूचना/प्रविधि

महिलाले ट्विटरको नेतृत्व गर्ने मस्कको घोषणा

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गर्ने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको  न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

एलन मस्क

न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा  एकजना अधकारीले यसको प्रक्रिया नकै अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो मस्कसँग  गत हप्तादेखि छलफलमा  चलिरहेको छ।

गत महिना, याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।

यस्तै वाल स्ट्रीट जर्नलले पनु याकारिनो मस्कसँग वार्तामा  रहेको उल्लेख गरेको  छ । गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्ते फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् ।

ट्विटरको मालिकको रूपमा उनले यसका ७,५०० कर्मचारीहरू मध्ये ७५ प्रतिशत भन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए ।

निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गर्का छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण  शुरु भइरहेको बारे अपडेट गर्दै ट्वीट  सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.