जन सरोकार
बाल यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राईलाई पक्राउ
नेपालका कृषि विज्ञका रुपमा परिचित मदन राईलाई बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
राईले नै खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका तथा किशोरी यौन दुव्र्यवहार गरेको आरोपमा राइलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले लिखित र मौखिक उजुरी आएपछि राईलाई फाउन्डेसनबाटै पक्राउ गरिएको जानकारी दिंदै यस विषयमा थप अनुसन्धान भैरहेको बताउनुभयो ।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्