जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर,आमचोक गाउँपालिका-४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्