बिचार

लकडाउन खुकुलो : अर्थतन्त्रको नाममा मानव जीवन बलिवेदीमा होम्ने दुस्साहस

विश्वभरिकै स्वास्थ्यविद्हरुले कोरोनालाई खेलाँची ठान्न नहुने तथा महामारी अन्त्य हुन निक्कै समय लाग्ने चेतावनी पटक पटक दिइरहे तर अहिले अर्थतन्त्र ध्वस्त हुँदै गएको नाममा, कोरोनामाथि नियन्त्रण पाउँदै गएको भ्रममा कोरोनाविरुद्ध अपनाइएका उपायहरु खुकुलो पार्दै जाने, यसलाई कम आँक्ने काम हुन थालेको छ ।

चीन, दक्षिण कोरिया, जर्मनी लगायत केही युरोपेली देशहरुमाा कोरोना संक्रमण नियन्त्रणका लकडाउन खुकुलो पर्दा त्यहाँ पुनः संक्रमितको संख्या बढ्न पुगेको छ । ताजा उदाहरण नेपालकै पनि छ । तीन दिनयता लकडाउन खुकुलो पार्दै कामकाज सुचारु गर्दा संक्रमितको संख्या ह्वात्तै बढ्यो । ती संक्रमितले अरु कतिलाई संक्रमित गरेका छन्, चिन्ताको विषय यही हो । यसले अर्थतन्त्रको बलीबेदीमा ठूलो संख्यामा मानवजीवन र मानवतालाई आहुति दिने स्थिति निम्त्याउने खतरा बढाएको छ ।

डिसेम्बर २०१९ को अन्त्यतिर चीनको वुहानमा देखापरेको कोरोना भाइरस संक्रमण अहिलेको अवस्थामा पुग्ला भनेर संसारका शक्तिशाली मुलुकहरुले कल्पना समेत गरेका थिएनन् । चिनीया भाइरस, एसियालीलाई मात्र छुने भाइरस भन्दै बेवास्ता गरेका अमेरिका र युरोपेली मुलुकहरु अहिले सबभन्दा बढी संक्रमणमा छन् । उनीहरुले केही संक्रमित देखिनासाथ लकडाउन गरेनन्, गरे पनि छाडा छाडिदिए परिणाम आज युरोप र अमेरिका तहसनहसको स्थितिमा पुग्यो ।

यो विवरण तयार पार्दासम्म संसारभरिमा कोरोनाले ४२ लाख बढीलाई संक्रमित तुल्याइसकेको छ भने यसैको कारण २ लाख ८४ हजार बढीको मृत्यु भइसकेको छ । अप्रिल महिनाको अन्त्यतिर कोरोना संक्रमितको संख्या विश्वव्यापी रुपमै कम हुँदै गइरहेकोमा अहिले फेरि त्यो बढ्न थालेका छ । कोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ ।

यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ । यतिखेर कोरोनाको संक्रमण पश्चिम युरोप र अमेरिकाबाट अफ्रिका, दक्षिण अमेरिका, दक्षिण एशिया र पूर्व सोभियत संघका देशहरुमा फैलिँदै गइरहेको देखिन्छ ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण देखापरेको चीनमा कोरोना करिब करिब पूर्णतः निको भएको ठानिएकोमा फेरि नयाँ रोगीहरु देखापर्न थालेका छन् । गत मे ४ मा मात्रै चीनमा कोरोनाका नयाँ १४ रोगीहरु देखापरे जसमध्ये १ जना त त्यो भाइरसको उद्गम मानिएको हुवेई प्रान्तका छन् । यो यसकारण पनि चिन्ताजनक छ कि विगतका केही हप्ताहरुमा चीनमा संक्रमितको संख्या १ अंकमा झरेकोमा अहिले फेरि त्यो २ अंकमा पुगेको छ ।

चीनले जनवरीदेखि मार्चसम्मको कडा लकडाउन, व्यापक परीक्षण, क्वारेन्टाइन, संक्रमितको पहिचान र खोजी तथा स्वास्थ्यकर्मी, कर्मचारी तथा नागरिकहरुमा व्यक्तिगत सुरक्षाका उपकरणहरुको अनिवार्य उपयोग जस्ता उपायहरु अवलम्बन गरेको थियो । सोही कारण चीनमा कोरोनाको संक्रमण करिब करिब नियन्त्रणमा आइसकेको थियो ।

तर नयाँ संक्रमितको संख्या करिब करिब शून्यमा झरेपछि चीनले कडाइलाई खुकुलो पार्दै लग्यो । मानिसहरु काममा फर्कन थाले, थुप्रै ठाउँका स्कुलहरु खुले, शहरहरुम आगन्तुकहरुलाई स्वागत गरिन थालियो । त्यसलगत्तै चीनमा संक्रमण बढेर जान थालेको छ । गत सोमबारमात्रै चीनमा संक्रमणका १७ नयाँ केसहरु देखापरे । यो भनेको गत अप्रिल २८ यताको सबैभन्दा उँचो दर हो । यसपछि अहिले चीनमा संक्रमितको संख्या ८२,९१८ पुगेको छ भने त्यसैबाट मृत हुनेहरुको संख्या ४६३३ । यो डरलाग्दो स्थितिको आँकलन गरेरै अहिले चीनले उहानका १ करोड १० लाख सबैजनाको कोरोना परीक्षण गर्ने विशाल योजना अघि सारेको छ ।

उता कोरोनाभाइरसको महामारीलाई सफलतापूर्वक नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले पनि सफलता प्राप्त गरेको थियो । त्यहाँ कोरोनासंक्रमणको केसहरु नाटकीय ढंगले घटेको थियो । कोरियाले पनि चीनले जस्तैकोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ ।

दक्षिण कोरियामा एउटा २९ वर्षीय विरामीले गत मे १ का दिन योन्जिन शहरको इटावन क्षेत्रका पाँच वटा नाइट क्लबहरुमा घुमेका थिए । सोही व्यक्ति त्यसपछि नजिकका गायोन्गी र गाङवन प्रान्तहरुमा घुमेका थिए । तर पछि उनमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखियो । त्यस दौरानमा उनी करिब १३०० मानिसहरुको सम्पर्कमा आएका थिए, जसमध्ये ५४ जनामा अहिले संक्रमण भएको देखिएको छ । अहिले दक्षिण कोरियाका सरकारले लगातार संक्रमितको पहिचान गर्ने कार्यलाई जारी राखेकोले यो संख्या थप बढेर जाने निश्चित छ । यो स्थितिमा दक्षिण कोरियाको सरकारले मुलुकका सबै नाइट क्लबहरु र त्यस्तै खालका सबै संस्थाहरु अनिश्चितकालको लागि फेरि बन्द गराएको छ ।

उता जर्मनीमा पनि संक्रमणको संख्या फेरि बढेर गएको छ । यद्यपि संक्रमितहरुको नयाँ क्षेत्र त देखापरेको छैन तर त्यहाँ महामारीको निगरानी गरिरहेका संस्था रोबर्ट कोच इन्स्टिच्यूटले जनाएअनुसार गएको हप्तामा संक्रमण १।१ को दरले बढेर गएको छ । यसको अर्थ के हो भने त्यहाँ संक्रमणका नयाँ केसहरु फेरि बढेर जाने देखिएको छ ।

यी तीनवटै मुलुकहरुमा कोरोनाभाइरस संक्रमणका नयाँ केसहरु त्यहाँ लकडाउनका उपायहरुलाई आंशिक रुपमा खुकुलो पारिएपछि देखपरेको छ । जर्मनीले सबैभन्दा पहिले अप्रिल ३० देखि म्युजियम, स्मारक, बगैंचा, पार्क र चिडियाखाना तथा धार्मिक स्थलहरु खुला गरेको थियो । उता चीनले पनि आफ्नो कठोर लकडाउनलाई अप्रिलको मध्यदेखि नै खुकुलो बनाउन र हटाउन शुरु गरेको थियो । यद्यपि चीन र जर्मनीमा देखिएको संक्रमण सोझै त्यहाँको आर्थिक गतिविधिसँग जोडिएको त देखिन्न तर दक्षिण कोरियामा चाहिँ त्यो त्यसैसँग जोडिएको देखिन्छ ।

कोरोनाको महाव्याधिको प्रकोप केही कम हुँदै जाँदैमा लकडाउनलाई खुकुलो पारिहाल्न नहुने चेतावनी विश्व स्वास्थ्य संगठनले बारम्बार दिँदै आएको छ । गत शुक्रबार मात्रै एक पत्रकार सम्मेलनमा संगठनका डा. मारिया भान केरखोबले चेतावनी दिएका थिए कि अहिले विस्तारै अर्थतन्त्रलाई खोल्दै गएका देशहरुबाट हामीले सिकिरहेका छौं–हामीले पहिले पनि भनेका छौं कि एक पटक कोरोनाभाइरस नियन्त्रणका लागि अपनाइएका ती उपायहरु हटाइएपछि, तिनीहरुलाई अति विस्तारै लेखाजोखासहित र नियन्त्रित ढंगले लेखाजोखा गरिनुपर्छ किनभने फेरि भाइरसले टाउको उठाउन सक्ने सम्भावना छ ।

(प्रस्तुत सामग्रीको स्रोत वर्ल्ड सोसलिस्ट वेभसाइट हो ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.