जापान

जापानमा रहेका कोरोना प्रभावित नेपालीका लागि राहत कार्यविधि र मापदण्ड तयार

जापानमा रहेका नेपालीहरुमा कोरोना भाइरस संक्रमणका कारण परेको असर र यसबाट उत्पन्न समस्या समाधानका लागि एनआरएनए जापानले नेपाली समुदाय कोभिड १९ आपतकालीन सहयोग समिति गठन गर्दै राहत वितरणका मापदण्ड र यसका लागि विभिन्न समितिहरु गठन गरेको छ ।

टोकियोस्थित नेपाली दूताबास, एनआरउनए जापान र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको गहन छलफलपछि नेपाली समुदाय कोभिड १९ आपतकालीन सहयोग समिति गठन गरिएको एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले बताउनुभएको छ ।

साथै राहात वितरण सम्बन्धि पनी कार्यविधि बनाई वास्तविक राहत दिनुपर्ने व्यक्तिको तथ्यांक संकलनका निम्ति गुगल फारम बनाइएको छ । राहत प्राप्त गर्न चाहने व्यक्तिहरु राहत वितरण कार्यविधिको मापदण्ड पुरा गरेको हुनुपर्नेछ र गुगल फारम अनिवार्य भर्नु पर्नेछ । तथ्यांक संकलन पश्चात मूलसमितिले छानबिन गरी खाद्य तथा लजीष्टिक उपसमितिले वितरण गर्नु पर्नेछ ।

साथै समितिको राहत कोषमा एनआरएन जापानको तर्फ़बाट ५० मान येन जम्मा गर्ने र विभिन्न समिति, समितिमा रहेका सदस्य, संघ संस्था, ब्यवासायी र व्यक्तिहरुलाई सहयोग गर्न अनुरोध गर्नेछ । राहत वितरणका निम्ति एकद्वार प्रणाली अनुसार गर्ने, जापानको जुनसुकै स्थान यदि कुनै संस्था, व्यक्ति अथवा प्रतिष्ठान हरुले राहत वितरण गर्दा यस समितिमार्फत वितरण गर्ने निर्णय गरेको छ ।

समितिले दिएको जानकारी अनुसार राहत वितरण निर्धारित मापदण्ड भित्र परेका व्यक्तिहरु मात्र राहत प्राप्त गर्नेछन र त्यसका लागि राहत प्राप्त गर्ने व्यक्तिले यस समितिद्वारा बनाइएको सर्वेक्षण फारम भर्नु पर्नेछ ।

राहत प्राप्त हुन गोग्य व्यक्तिहरु यस प्रकार हुनेछन्-

१) शारीरिक अस्वस्थताका कारण काम छोड्नु परेका र बसोवास बिहिन व्यक्ति ।

२) बेरोजगार, पारिवारीक सहयोग नभएको र आर्थिक अभाव भएको व्यक्ति ।

३) जापान सरकारको मापदण्ड भित्र नपरी कुनैपनि राहत प्राप्त गर्न नसकी समस्यामा परेका व्यक्तिहरु ।

४) क्षेत्र बाट सहयोगको लागी आउने अनुरोध क्षेत्रमा बनेको उपसमिति अथवा क्षेत्र समन्वय समितिले पास गर्नु पर्नेछ

५) राहत उपलब्ध गराउने अन्तिम निर्णय यस समितिले गर्नेछ ।

६) कोभिड १९ को कारणले समस्यामा परेका व्यक्तिहरु प्राथमिकतामा पर्नेछन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा प्रमुख संरक्षक रहेको समितिमा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी संयोजक, महासचिव जनक बिक्रम शाही सदस्य सचिव र संरक्षकमा एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष देवमान हिराचन, वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ, दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल रहनु भएको छ ।

त्यसै गरी सल्लाहकारमा वर्तमान तथा पुर्व आइसीसी पदाधिकारी तथा सदस्य, एनसीसी पूर्व अध्यक्ष, एनसीसी उच्चस्तरीय समिति सदस्य, सल्लाहाकार तथा मानार्थ परिषद सदस्यहरु रहेका छन् । साथै समिति संचालनार्थ कार्यविधि बनाइ बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जुन यस प्रकार छ-

१) एलिजा केसी (संयोजक स्वास्थ्य तथा जनचेतना समिति)

२) बिजेश थकाली (संयोजक (आय तथा रोजगार समिति)

३) देविलाल भण्डारी ( श्रोत परिचालन तथा मानव संसाधन प्रवर्दन समिति )

४) दिपक केसी (क्षेत्र समन्वय समिति ( प्रतिनिधि )

५) जित बहादुर कार्की (संयोजक (सरकारी समन्वय समिति)

६) शिव प्रसाद पौडेल (संयोजक खाद्य तथा लजीष्टिक समिति)

साथै समितिका सदस्यहरुमा एनसिसि जापानका पदाधिकारी तथा सदस्य, क्षेत्रीय संयोजक, संघ संस्था प्रमुख तथा प्रतिनिधि रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.