जन सरोकार

शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मंगलबार सो क्षेत्रमा बस्ने एक युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सिल गरिएको हो ।

सिल गरिएको क्षेत्रमा यातायात चल्न बन्द गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ ।

मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो ।

सम्बन्धित खबर

Back to top button