समाचार

नेपाल, रावल, पाण्डे र भुसालमाथिको कारबाही फिर्ता

विभाजनको अन्तिम खुडकिलो झर्न मात्रै बाँकी रहेको नेकपा एमालेको विभाजन रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा चलाएको कारबाहीको डण्डा फिर्ता गर्नुभएको छ ।

राष्ट्रपतिले दिएको बहुमतको सरकार गठन गर्ने समयको अन्तिम चरणमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको हो ।



प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button