स्थानीयतह निर्वाचन

दिउँसोसम्म ४० प्रतिशत बढी मतदान

आज विहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनमा दिउँसोसम्म झण्डै ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले छिटफुट घटनाबाहेक ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको र मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको जनाएको छ ।

आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.