विश्व समाचार

श्वेत अमेरिकीद्वारा अश्वेतको घाटी थिची हत्या

विश्वमा प्रजातन्त्रत्र, मानवअधिकार र कुनै पनि प्रकारको भेदभावबिरुद्ध आवाज उठाउने र अगुवाई गर्ने अमेरिका आफैं रंगभेदको चरम अवस्थामा रहेको छ ।

यहाँ गोराले कालाजातिलाई गर्ने दुव्र्यवहारका घटनाहरु अनगिन्ती छन् । पछिल्लो समय यस्तै एउटा घटना सार्वजनिक भएको छ न्यूयोर्कमा ।

श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ। मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।

मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ । म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.