क्रिकेटखेल

आइपिएलमा बैंगलोरको प्लेअफ सम्भावना कायमै, दिल्ली ४७ रनले पराजित  

इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार राति भएको खेलमा दिल्लीलाई ४७ रनले पराजित गर्दै बैंगलोरले प्लेअफको सम्भावना कायमै राखेको हो ।

बैंगलोरको प्लेअफ सम्भावना कायमै

बैंगलोरको घरेलु मैदान एम चिन्नस्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । बैंगलोरका लागि रजत पाटिदारले ५२ रनको अर्धशतकीय पारी खेले भने विल ज्याकले ४१ रन बनाए । त्यस्तै, क्यामरुन ग्रिन ३२ रनमा अविजित रहँदा विराट कोहलीले २७ रन जोडे ।

दिल्लीका लागि खलिल अहमद र रसिक सलामले समान २-२ विकेट लिँदा इशान शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १-१ विकेट लिए । बैंगलोरले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा  १ सय ४० रनमा अलआउट भयो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्  ।

यस्तै साई होपले २९ रन जोड्दा ज्याक फ्रेसर म्याकगर्कले २१ र रसिक सलामले १० रन बनाए। बैंगलोरको लागि यश दयालले ३ विकेट लिँदा लकि फर्गुसनले २ तथा स्वपनील सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले समान १-१ विकेट लिए । जितसँगै बैंगलोर १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा १२ अंक नै जोडेको दिल्ली छैटौं स्थानमा झरेको छ । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइटराइडर्स नेपाली समय अनुसार राति पौने आठ बजे प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.