जल/वातावरण

द्रुतगतिमा बढ्दै कोरोना- बिहिबार विहानै थपिए सातजना, कुल संख्या २ सय ५०

केही दिनयता कोरोना संक्रमितको संख्या द्रुतगतिमा बढिरहेको नेपालमा बिहिबार विहानै ७ जना नयाँ संक्रमित फेला परेका छन् । योसंगै कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

समाचार अनुसार कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै सर्लाहीका १, धनुषामा र महोत्तरीका २, २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

सम्बन्धित खबर

Back to top button