राजनीति
पिसिआर परीक्षणको दायरा तत्काल बढाउन सरकारलाई सर्वोच्च अदालतको आदेश
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लागिरहेका बेला सर्वोच्च अदालतले सरकारलाई तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आम नागरिकको जीवन रक्षा गर्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिएको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
कोभिड १९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।
प्रतिक्रिया राख्नुहोस्