सूचना/प्रविधि

वर्ल्डलिंकका संस्थापक तथा निर्देशक जलानको कोरोनाबाट निधन

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका संस्थापकमध्ये एक सञ्चालक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको छ । विजय जलान, दिलिप अग्रवाल र श्याम अग्रवालको वर्ल्ड लिंकका जन्मदाताहरू हुन् ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा जलानको निधन भएको हो । जलानको निधनले नेपालको दूरसंचारको क्षेत्रमा अपूरणीय क्षति पुगेका छ ।

कम्पनीमा निर्देशकमा रुपमा अहिले सक्रिय जलान कम्पनी जन्माउनेदेखि नेपालकै नम्बर १ इन्टरनेट सेवा प्रदायक बनाउनेसम्मका काममा ठूलो योगदानरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button