गल्कोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मुर्ति निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यसहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी येन चालिस हजार तोकेको छ । संस्थाले उपलब्ध गराएको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म रकम जम्मा भैसकेपछि आधिकारिक दर्ता गरी ३१ तारिक टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिनु भयो ।
प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम तीन लाख दुई हजार दुई सय बाईस येन नगद प्रमाण पत्र, मेडल र रनिङ कप, द्वीतिय पुरस्कार एक लाख बहत्तर हजार दुई सय बाईस येन नगद, प्रमाण पत्र, मेडल तथा सान्त्वना पुरस्कार स्वरुप दुई टीमलाई पचास हजार येन नगद प्रदान गरने जनाइएको छ ।
त्यसै गरी छुट्टाछुट्टै पाँच बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गर्ने पनि घोषणा गरेको छ। जसमा बेष्ट प्लेयर १०००० येन नगद र ट्रफी, बेष्ट स्पाईकर ५००० येन नगद र ट्रफी, बेष्ट ब्लकर ५००० यन नगद र ट्रफी, बेष्ट डिफेन्सर ५००० यन नगद र ट्रफी र बेष्ट सटर ५००० यन नगद र ट्रफी रहने खेल संयोजक मनोज के सीले जानकारी दिनुभयो ।
प्रतियोगिता नक आउट सिष्टम अनुसार नेपाली रेफ्रीद्वारा खेलाइने छ भने खेलाडीले स्पष्ट नम्वर खुल्ने जर्सी र स्पोर्ट्स जुत्ताको ब्याबस्था आफैं गर्नु पर्ने छ ।
त्यसै गरी खेलमा नेपाली खेलाडी मात्र सहभागी गराउन पाइने छ भने खेलाडी संख्या अफिसियल सँगै बढीमा १० जनाको हुनु पर्नेछ ।
जुन १ तारिक बिहान ९ बजेबाट सुरु हुने प्रतियोगिता स्थलभित्र मादक पदार्थ सेवन गरी प्रवेश गर्न पाईने छैन भने खेलमा कुनै प्रकारको विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुनेछ ।
बाग्लुङ जिल्लाको गल्कोटमा अवस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट चर्चित रहेको र शिव मुर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रबर्धनमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।
समाजका अध्यक्ष राम थापाले जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई खेलमा सहभागि हुन तथा आर्थिक नैतिक भौतिक सहयोग गरिदिन समेत अनुरोध गर्नु भएको छ।
खेल Takayokosukamachi Masugata Tokai, Aichi, Japan 477-0037, Aki :0wariyosuka, Tokai city shimnin ,gymnasium Tel-0562 32 2311 मा संचालन हुने छ।
खेल सम्बन्धि थप बिस्तृत जानकारी आवास्यक परेमा निम्न ब्यक्ति र सम्पर्क नं मा सम्पर्क गर्न सकिने छ पनि समाजले जनाएको छ।
मनोज के.सी.-08058176778, राम थापा-09099208032, भेषनाथ गौतम-09090243037
प्रतिक्रिया राख्नुहोस्