स्थानीयतह निर्वाचन

काठमाडौंमा बालेनको अग्रता कायमै

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिको मतगणना जारी छ । उम्मेदवारहरु धेरै भएका कारण अन्यत्न ढिलो भैरहेको मतगणनामा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।

अहिलेसम्मको गणना अनुसार शाहले १ सय ७८ मत पाउनुभएको छ भने नेकपा एमालेका केशव स्थापितले १ सय १० र नेपाली कांगेसकी उम्मेदवार १ सय २० मत पाउनुभएको छ ।

मुलुकभरका पालिकाहरुमा सबैभन्दा चर्चित पालिका रहेका काठमाडौं महानगरपालिकामा यसअघि नेकपा एमालेले बाजी मारेको थियो । केशव स्थापित २०५४ मा एमालेकै तर्फबाट मेयरमा विजयी हुनुभएको थियो ।

र्याप गायक तथा निर्माण इञ्जियिर बालेनले निर्वाचनको चर्चा सुरुदेखि नै आफू काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नाा योजनाहरु सार्वजनिक गर्नुभएको थिया । बालेनको पक्षमा युवा मतदाताहरु बढी आकर्षित भएका पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button