राजनीति

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला

सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ ।” भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उहाँको भनाइ थियो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हकअधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.