राजनीति
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव स्वास्थ्य मन्त्रीमा नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सोमबार जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नु भएको हो । जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको हो ।
त्यस्तै नवनियुक्त मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री खानलाई प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्