राजनीति

नीति तथा कार्यक्रम : पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने

सरकारले बाढी, हावाहुरी, चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने भएको छ ।

नीति तथा कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यकममा उक्त प्रणालीलाई भरपर्दो बनाउने भएको हो ।

“प्राकृतिक विपद्बाट हुने प्रत्यक्ष आर्थिक तथा सामाजिक क्षति कम गर्न जोखिम न्यूनीकरण कार्यलाई क्षेत्रगत मूलप्रवाहीकरण गरिनेछ” नीति तथा कार्यक्रममा भनिएको छ, “विपद् प्रतिकार्यमा परिचालन हुने संयन्त्र तथा उपकरणको प्राविधिक क्षमता सुदृढ गर्दै एकीकृत आपत्कालीन उद्धार एवं प्रतिकार्य प्रणालीको व्यवस्था मिलाइनेछ ।”

त्यस्तै, आगलागी, डढेलो, बाढीपहिरो नियन्त्रण लगायतका विपद् व्यवस्थापनमा नागरिकको क्षमता र सहभागिता वृद्धि गरिनुका साथै विपद्बाट हुने जनधनको क्षति न्यून गर्न हेलिकप्टर, दमकललगायतका अत्याधुनिक उपकरणको व्यवस्था र उपयोग गर्ने प्रबन्ध मिलाइने सरकारको नीति छ ।

विपद्बाट प्रभावित संरचनाहरूको पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिइने र जाजरकोट, बझाङ, डोटी केन्द्रविन्दु बनाई गएका भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना कार्य शीघ्र सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.