राजनीति

लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिनुपर्छ

राष्ट्रियसभाका सांसद महन्थ ठाकुरले लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने बताउनुभएको छ ।

बिहिबार बसेको राष्ट्रियसभाको बोल्दै उहाँले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको जनाउँदै सो कुरा बताउनुभएको हो ।

बैठकमा सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई बृहत् रूपमा नसमेटिएको आरोप लगाउनुुभयो । उहाँले मध्यमवर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मधेसको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गर्नुभयो ।

सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पु¥याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।

उहाँले मौलिक बीउको प्रवद्र्धन, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिनुभयो । मधेस प्रदेशको खानेपानी सङ्कट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण, कूटनीतिक पहलमार्फत पर्यटन प्रवद्र्धन तथा पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक भएकामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.