जन सरोकारस्वास्थ्य

चिकित्सकको परामर्श शुल्क चारसयदेखि नौसय सम्म पुग्यो

नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।

सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।

सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो ।

सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू पाँच सय १५ तोकिएको छ ।

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डीएम/एमसीएच तहका चिकित्सकको रू आठ सय ८० तथा पाँच वर्षभन्दा माथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका एमडी/एमएस/एमडीएसका चिकित्सकको रू नौ सय ४० शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.