स्थानीयतह निर्वाचन

गोकर्णेश्वर ४ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा कांग्रेसको ठूलो फड्को

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार (लौरो) जयराम महत विजयी हुनुभएको छ । उहाँले १०२७ मत प्राप्त गर्नुभयो । वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले ९२९ र नेपाली कांग्रेसले ७९४ मत प्राप्त गरे ।

महतले नेपाली कांग्रेस तथा नेकाप एमालेका उम्मेदवारहरुलाई पछिपार्दै विजयी हुनुभएको हो । महतको जितसँगै वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला सदस्यसमेत गरी २ खुल्ला सदस्य र एमालेले १ महिला सदस्य जितेको छ ।

नगरप्रमुखमा १, २ र ३ मा पछिपर्दै आउनुभएका नेपाली कांग्रेसका दीपक रिसालले ठूलो अन्तरको मत प्राप्त गर्नुभएको छ । उहाँले १४४६ मत प्राप्त गर्दा नेकपा एमालेका उद्धव विष्टले ९२९ मत पाउनुभयो ।

त्यसै गरी उपप्रमुखमा एमालेकी सान्नानी लामाले ९८४ मत पाउँदा नेपाली कांग्रेसकी शान्ति नेपालले १२१८ मत पाएर मतान्तर घटाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.