फिनल्याण्डलाई नेटोको सदस्यता नलिन पटिनको चेतावनी
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिनुभएको छ । पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न उहाँलाई आग्रह गर्नुभयो ।
स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने विषयमा बहस तीब्र भएको छ । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिनुभएको हो ।
फिनल्याण्ड र रुसबीच एक हजार ७०० किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड ऊर्जाका लागि रुसमा निर्भर छ । रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ ।
उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार टर्कीले व्यक्त गरेको चिन्ताको बावजुद स्वीडेन र फिनल्याण्डले औपचारिक रूपमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा संलग्न हुनका लागि आवेदन दिएमा नाटोमा सामेल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
बर्लिनमा यससम्बन्धी छलफलका लागि नाटो राष्ट्रका विदेश मन्त्रीहरू भेला भएपछि ब्लिन्केनले संवाददाताहरूलाई भन्नुभयो, “यदि तिनीहरूले गठबन्धनमा औपचारिक रूपमा आवेदन गर्ने निर्णय गरेमा संयुक्त राज्य अमेरिकाले स्वीडेन वा फिनल्याण्डद्वारा नाटो आवेदनलाई दृढतापूर्वक समर्थन गर्नेछ ।
उहाँले उनीहरूको नाटो सदस्यताका लागि ‘एकदमै बलियो समर्थन’ रहने आफूलाई जानकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहमतिमा पुग्नेमा म पूर्ण विश्वस्त छु ।”
प्रतिक्रिया राख्नुहोस्