जन सरोकार

काठमाडौं महानगरमा बाहिरी जिल्लाबाट शिक्षक सरुवा बन्द

काठमाडौं महानगरपालिकाले बाहिरी जिल्ला वा अन्य नगरपालिकाबाट काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा सरुवाका लागि सहमति नदिने भएको छ ।

महानगर शिक्षा शाखाद्वारा जारी सूचनामा आन्तरिक बाहेक अन्तरजिल्ला र अन्तरपालिका शिक्षक सरुवाका लागि सहमति नदिने जानकारी गराइएको हो ।

शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी विज्ञप्तिमा तत्काललाई महानगरपालिकाभित्रको आन्तरिक सरुवा, काज बाहेक अन्य सरुवाका लागि सहमति नदिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महानगर कार्यपालिकाको यही जेठ १ गते बसेको बैठबाट कार्यविधि तयार गरी सामुदायिक विद्यालयको दरबन्दी मिलान तथा प्रधानाध्यापक र व्यवस्थापन गर्न सहमति दिएकाले सो कार्य नभएसम्म बाहिरी जिल्ला र अन्य पालिकाका शिक्षक सरुवालाई सहमति प्रदान नगरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.