राजनीति

जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव

सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ । बैठकले जनअपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रममा विषयवस्तु समेट्न सुझाव दिइएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

“आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो । नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भयो”, उहाँले भन्नुभयो ।

बैठकमा शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.