इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

बर्सपारा क्रिकेट स्टेडियम, गुहावटीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले ४८ रन बनाए भने रविचन्द्रण आश्विनले २८ रन जोडे । त्यस्तै सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले समान १८-१८ रन बनाए ।
पञ्जाबका लागि स्याम करन, हर्शल पटेल र राहुल चाहरले २ तथा अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए । राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबका लागि कप्तान स्याम करनले अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले भने राइली रुसो र जितेश शर्माले समान २२-२२ रन जोड्दा आशुतोष शर्माले १७ रन बनाए ।
राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान दुई/दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र गुजरात टाईटन्स नेपाली समय अनुसार राति पौने आठ बजे हैदराबादमा भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्