जल/वातावरण

बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु कोरोनाबाट भएको पुष्टि

आइतबार विहान क्वारेन्टाइनमा बसेको युवाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ ।

भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमणबाट मृत्युभएको पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गर्नुभएको छ । यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

worldondemand
mirai-life

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण देखिएको बताउँदै कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

मतक युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।

सुरक्षाका लागि बनाइएको क्वारेन्टाइन नै संक्रमणको स्रोत बन्दै !

सम्बन्धित खबर

Back to top button