प्रबास

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन, जर्जिया च्याप्टरले मनायो महानन्द जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ । साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम रहेका छन् ।

त्यसै गरी महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा तृष्णा भट्टचन रहेका छन् भने समाजको सदस्यहरूमा पूर्ण विश्व, केशव भट्टराई र उज्वल तुलाचन चयन भएका छन् । समाजले साहित्यकार तीर्थ अधिकारी र कुबेर दाहाललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।

यसै गरी अनेसास जर्जिया च्याप्टरले महानन्द जयन्ती मनाएको छ । सापकोटाको १२६ औँ जन्मजयन्तीको सन्दर्भ पारेर शनिबार आयोजित अनेसास संवादको १०१औँ श्रृङ्खलामा सापकोटाप्रति श्रद्धाभाव व्यक्त गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदी र पारिवारिक सदस्य महेश प्रसाई, डा. संजीव सापकोटा, गीता सापकोटा, लुना सापकोटा, भक्ति सिटौलासहित विभिन्न वक्ताहरुले महानन्दको नेपाली भाषा र साहित्यप्रतिको योगदानको चर्चा गरे ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button