स्थानीयतह निर्वाचन

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी महतो विजयी

चितवनको माडी नगरपालिकाको प्रमुखमा एमालेकी ताराकुमारी महतो निर्वाचित हुनुभएको छ । माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो ।

एमाले राप्रपा गठबन्धनकी उम्मेदवार महतोले कांग्रेसमाओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजार १७२ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

अन्तिम मतपरिणाममा महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्यापनि उपप्रमुखमा भने कांग्रेसका खेम महतो निर्वाचित हुनुभएको छ ।

उहाँले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बन्नुभएका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सफल हुनुभयो ।

त्यसै गरी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र स्वतन्त्र उम्मेवार बन्नुभएका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत पाउनुभयो ।

९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २, ४, ५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।

राप्रपा र एमाले बीच मेयररउपमेयरमा तालमेल भए पनि वडामा भने तालमेल हुन सकेको थिएन । माडीमा अघिल्लो पटक माओवादी केन्द्रका नेता ठाकुर ढकाल विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.