जल/वातावरण

सोमबार विहान नौजनामा कोरोना पुष्टि- संक्रमितको संख्या तीन सय चार पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । सोमबार विहान रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

Back to top button