जल/वातावरण

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाले जन्माएकी शिशु कोरोनामुक्त

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले जन्माएकी नवजात शिशु कोरोनाभाइरस मुक्त रहेको पाइएको छ । गत बिहिबार धुलिखेल अस्पतालमा उनको कोरोना भाइरस संक्रलमणका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

उनको मृत्युपछि १३ दिने शिशु र परिवारका चारजना सदस्यको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।

ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चारजना सदस्यलाई आइसोलेसनमा राखिएको थियो । परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन् । नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

सम्बन्धित खबर

Back to top button