राजनीति

नारायणकाजीले गरे एमालेको कदमको स्वागत

झण्डै नौ महिनादेखि लगातार संसद बैठक अबरुद्ध गर्दैआएको नेकपा एमालेले संसदको वर्षे अधिवेशनबाट अबरोध अन्त्य गरेपछि त्यसको स्वागत गरिएको छ ।

नेता नारायणकाजी श्रेष्ठ

हिजो मंगलबार एमालेले बिरोधको शैली परिवर्तन गर्ने भन्दै संसद अवरोध खुलाएपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्यसको स्वागत गर्दै एमालेले राम्रो गरेको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रैष्ठले एमालेको कदमको स्वागत गर्दै लेख्नुभएको छ, ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो, राम्रो गर्‍यो’ ।

नेता श्रेष्ठले एमालेलाई सुझाव दिंदै भन्नुभएको छ, एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने भन्दै देश, जनता र वाम आन्दोलनको हित सोच्न आग्रह गर्नुभएको छ ।

नेता श्रेष्ठले भन्नुभएको छ ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.