स्थानीयतह निर्वाचन

१९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी हुँदै हालसम्मको मतपरिणाममा अग्रस्थानमा रहेको छ ।

बुधबार मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष र ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ ।

दोस्रो स्थानमा नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.