स्थानीयतह निर्वाचन

कालिकोटका सात पालिकामा माओवादी ३, कांग्रेस र स्वतन्त्र २/२ स्थानमा विजयी

कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये तीन पालिकामा नेकपा (माओवादी केन्द्र), दुई पालिकामा नेपाली कांग्रेस र दुईमा पालिकामा स्वतन्त्र विजयी भएका छन् ।

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी हुनुभएको छ । खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी हुनुभएको छ ।

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । तिलागुुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी हुनुभएको छ ।

तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी हुनुभएको छ ।

शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी हुनुभएको छ ।

शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित हुनुभएको छ । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button