स्थानीयतह निर्वाचन

बुढानीलकण्ठको प्रमुख उपप्रमखमा एमालेका मीठाराम र अनिता निर्वाचित

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा पूर्व कपन गाविसका अध्यक्ष समेत रहनुभएका मीठाराम अधिकारी र उपमेयरमा अनिता लामा निर्वाचित हुनुभएको हो ।

बुधबार सकिएको मतगणनामा नगरप्रमुखमा अधिकारी १४ हजार २५० मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याउनुभयो ।

त्यसै गरी एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याउनुभएको छ ।

उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याउनुभयो भन निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए । राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.