स्थानीयतह निर्वाचन

सुरुको सहमतिमा माओवादीको विमतीपछि धरानमा तनाव

सुरुमा भएको सहमति अनुसार मतगणनाको परिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेपछि सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ ।

बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो । तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो ।

माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले ती सबै मतपत्र रद्द गर्ने निर्णय गरेको थियो । अन्तिम परिणाममा आफ्ना वडाध्यक्ष विजय तामाङ पराजित भएपछि माओवादीले तिनै मतपत्रको विवाद झिकेर प्रदर्शन गरेको हो ।

माओवादीले मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने, बदर भएको १८ मत सदर गर्नुपर्ने र सदर नभए पुनः मतदान गर्नुपर्ने माग गरेका छन् । मुख्य निर्वाचन अधिकृत पुष्करराज नेपालले ती माग काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पठाइएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.