जन सरोकार

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.