राजनीति

प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रम मंगलबारको बैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राख्नुभएको थियो ।

worldondemand
mirai-life

सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उहाँहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

प्रतिनिधिभसभाको अर्को बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

सम्बन्धित खबर

Back to top button