स्वास्थ्य

बुधबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

बुधबार नेपालमा कोरोना संक्रमणका कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । वितेको २४ घण्टामा दुई सय ४६ जनाको मृत्यु भएको छ । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा आठ हजार एक सय ७३ जना संक्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्ण प्रस्तुत गरेको तथ्याङ्कमा विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २,४८६ जना सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै यस अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.