जन सरोकार

०२९ सालदेखिका वडाध्यक्ष व्यञ्जनकारलाई आफ्नै भतिजाले रोके

२०२९ सालमा पहिलोपटक ललितपुरमा वडाध्यक्ष बन्नुभएका नरसिंह व्यञ्जनकारको ११ पटक वडाध्यक्ष बन्ने सपना पूरा हुन सकेन । उहाँको गतिलाई यसपटक आफ्नै भतिजाले रोकिदिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिनुभएका उहाँ आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित हुनुभयो ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उहाँका भतिज रविनमानले नेपाली कांग्रेसका उम्मेदवार बन्दै ८२५ मतसहित वडा अध्यक्ष पद जित्नुभयो ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बन्दा उहाँले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराउनुभएको थियो । त्यसयता लितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उहाँले नै गर्दै आउनुभएको थियो ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उहाँ नेपाली कांग्रेसको तर्फबाट निर्विरोध हुनुभयो । २०७४ को स्थानीय चुनावमा स्वतन्त्र रूपमा चुनाव जित्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button